भारतीय टेलिभिजन अभिनेत्रीद्वारा आत्महत्या



भारतीय टेलिभिजन अभिनेत्री सेजल शर्माले आत्महत्या गरेकी छन्। शुक्रबार आत्महत्या गरेकी उनको घरमा सुसाइड नोट पनि प्राप्त भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

सिरियल दिल तो ह्याप्पी हे जीमा मुख्य पात्रको बहिनीका रूपमा अभिनय गरेकी सेजलको यही नै पहिलो सिरियल पनि थियो। आजतकले प्रहरी इन्स्पेक्टर सन्दीप कदमलाई उद्धृत गर्दै लेखेको छ– ‘घरमा सुसाइड नोट प्राप्त भएको र त्यसमा निजी कारणले आत्महत्या गर्नुपरेको लेखिएको थियो।’

पहिलोपटक मोटोरोलाको विज्ञापनमा काम गर्दै कला क्षेत्रमा प्रवेश गरेकी उनले मोबाइल, पंखाजस्ता ब्रान्डका विज्ञापनमा अभिनय गरेकी थिइन्। एउटा विज्ञापनमा आमिर खानका साथ देखिइएकी उषा पंखाको विज्ञापनमा किक्रेटर रोहित शर्मा र हार्दिक पाण्डेसँग देखिएकी थिइन्। उनले यसका साथै आजाद परिन्दे नामक वेब सिरिजमा समेत काम गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्