जुवातास खेलिरहेको अवस्थामा ११ जना नियन्त्रणमा



सुभेन्द्र दास, लहान ।
सिरहाबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । मिर्चैया नगरपालिका–६ कटारी चोकस्थित युनिक फोटोकपी पसलमा जुवातास खेलिरहेका बस्ने २७ वर्षीय नरेश झा लगायत उनीहरु नगद ९६ हजार २ सय ९० नेपाली रुपैयाँ तथा ४ हजार ८० भारतीय रुपैयाँ र ३ बुक तास सहित शनिबार बेलुका पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्