विप्लव समूहले गर्यो एमसिसीविरुद्ध वीरेन्द्रनगरमा प्रदर्शन



न्युज अफ नेपाल, सुर्खेत ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका कार्यकर्ताले एमसिसी सम्झौताको विरोधमा सुर्खेतको वीरेन्द्रनगरमा कोणसभा गरेका छन्। एमसिसीको राष्ट्रव्यापी विरोध गर्ने पार्टीको केन्द्रीय कार्यक्रमअनुरूप आइतबार उनीहरूले विरोधस्वरूप कोणसभा गरेको जनाएका छन्।  विप्लवका कार्यकर्ताले  एमसिसीको विरोधमा कोणसभा गर्न वीरेन्द्रनगरको हरिडिलभूमि माविको चोकबाट नारा लगाउन सुरु गरेका थिए।

कोणसभामा अमेरिकाले हिन्द–प्रशान्त रणनीतिको मुख्य उद्देश्य चीनको प्रभाव र विस्तारलाई दक्षिण एसियामा रोक्ने भने पनि अमेरिकाको नेपाल केन्द्रित चारवटा भित्री योजना रहेको विप्लवका कार्याकर्ताले बताएका छन्। पहिलो, चीनको प्रभावलाई रोक्ने, दोस्रो दक्षिण एसियामा देखिएको कम्युनिस्ट क्रान्तिको सम्भावनालाई रोक्ने, तेस्रो नेपालको कम्युनिस्ट क्रान्तिलाई रोक्ने र चौथो नेपालमा अमेरिकी सैन्य अड्डा खडा गर्ने अमेरिकाको भित्र उद्देश्य रहेको भन्दै एमसिसी सम्झौता खारेज हुनुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्