भ्रष्टाचारको जरो टिम लिडरमै छः नेता कार्की



दयाराम पण्डित, बाजुरा ।

नेपालमा सामान्य कर्मचारी कार्यकर्ता भन्दा पनि पार्टीपँक्तीका शीर्ष नेताहरुमै भ्रष्टारचारको जरोे रहेको संघीय समाजबादी पार्टीका केन्द्रीय उपाध्यक्ष युवराज कार्कीले आरोप लगाउनुुभएको छ । आइतवार दिउँसो बाजुराको सदरमुकाम मार्तडीमा तनयाँ शक्ती पार्टी र संघीय समाजबादी फोरमको एकीकरण कार्यक्रमको पत्रकार सम्मेलनमा नेता कार्कीले यस्तो बताउनुुभएको हो । नेकपा र कांग्रेस नेतृत्वलाई इँगित गर्नुहुंदै नेपालका ठूला दलको नेतुत्व पंक्तीमा बसेकाहरुको सम्पती विगब्यापारी भन्दा बढि छ ।

तिनीहरुको आर्थिक हैसियत दिन प्रति दिन कसरी बढेको छ ? त्यो सम्पत्ती कहाँबाट आयो ? प्रधानमन्त्री केपी शर्मा ओली , पुुष्पकमल दाहाल “प्रचण्ड” र शेरवहादुर देउवाको नामै लिएर यिनिहरुको सम्पति देख्दा ठुला उद्योगी ब्यापारी भन्दा कम नरेहो ठोकुवा गर्नुभयो । संबिधानतः समाजवाद उन्मुख देश हुने सरकार सञ्चालन ब्यबहारमा भने त्रिमीले संचालन आरोप लगाउनुभयो ।

सरकार क्यापिटालिष्ट डन, माफिया र अपराधीले सञ्चालन गरेकोले देश समाजवाद उन्मुख हैन भ्रष्टचार उन्मुख दिशामा गएको आरोप नेता कार्कीले लगाउनुु भयो । सिंदरवारको अधिकार गाउँमा भन्ने कागतमा मात्र आएको छ, जनप्रतिनीधिबाट झन भ्रष्टाचार भएको छ उहाँले आरोप लगाउनुभयो । उहाँले एक अर्को प्रशंगमा नेपालको निर्वाचन प्रणली खरिर्चलो भएको भन्दै अव ईमान्दार मान्छेले चुनाव लड्न नसक्ने भएकाले पूर्ण समानुपातिक उम्मेदवार र प्रत्यक्ष निर्वाचित राष्ट पति हुनपर्ने आफ्नो पार्टीको मान्यता रहेको बताउनुभयो ।

त्यसैगरी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान सम्झौतालाई नेपालले स्वीकार गर्नेहो भने देश संकटमा फस्न सक्ने केन्द्रीय उपाध्यक्ष युवराज कार्कीले बताउनुु भएको छ । एमसीसी अनुदानका नाममा नेपालमा अमेरिकाले प्रत्यक्ष शासन चलाउन अभ्यास गरिरहेकोे छ भन्ने कुरा सत्तासिनहरु ब्यखवर बनेको आरोप समेत लगाएका छन् । समग्रमा यो राष्ट्रघाती सम्झौता हो अस्वीकृत गर्नु पर्ने बिचार ब्यक्त गर्नु भएको थियो ।

सत्तासिन दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यो अमेरिकी सहयोगलाई स्वीकार गर्ने पक्षमा देखिएका भए पनि सत्ताको आडमा ब्यमौसमी बाजा जस्तै रहेको नेताका कार्कीको भनाइ रहेको छ । कुनै देशले हाम्रो देशलाई आर्थिक सहयोग मार्फत विकास र निर्माणका काममा टेवा पु¥याउन खोज्नुलाई स्वाभाविक र स्वागतयोग्य मान्न सकिन्छ । तर अमेरिकाले आफ्नो यो अनुदान सहयोगलाई नेपालको संसदबाट पारित गराएर यो सहयोगका निम्ति गरिएको सम्झौतापत्रमा उल्लेखित बुँदाहरूलाई नेपालको कानुन भन्दा माथि राख्न खोजिएको अवस्था नेपालको राष्ट्रिय स्वाधीनतामाथि ठाडो हस्तक्षेप गर्ने मनसाय रहेको कार्कीले बताए ।

विशेषगरी भारतसँग भएका सम्झौताले नेपालका नदीनाला लगायत प्राकृतिक स्रोतसम्पदा भारतको कब्जामा गएको मान्यता रहँदै आएको छ । साथै, अबका शासकहरूले पनि अन्य कुनै देशसँग नयाँ सम्झौता गर्दा राष्ट्रिय हितलाई ध्यान राख्न र राष्ट्रलाई घात हुने किसिमले कुनै पनि सम्झौता नगर्न समेत चेतावनी दिएका छन् । आवको क्रान्ती पहिचारन सहितको क्रान्ती भएकोले खस, आर्य, दलित ब्रहामण सबैले एकपटक फेरी क्रान्तिमा होमिन आग्रह गर्नु भएको छ ।
सघिंय समाजबादी पाटी बाजुराको एकीरण सनिवार सम्पन्न भएको छ ।

डाक्टर बाबुराम भट्टराईको नयाँ शक्ती पार्टी र उपेन्द्र यादवको सघिंय समाजबादी फोरमको एकीकरण कार्यक्रमको पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरेको छ । जिल्ला अध्यक्षमा नरेन्द्र रावलको नेतृत्वमा एकीकृत समिति निर्माण गरिएको समाजबादी पार्टीकी सुदुर पश्चीम सह इन्चार्ज पबित्रा तिमिल्सेनाले बताउनुुभयो । सचिवमा लोकेन्द्र शाही,सुनिल बिश्वकर्मा,बिनोद बिक लगायतको समिति गठन गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्