महिला लिग फुटबलमा चन्द्रपुर विजयी



सञ्जय कार्की, रौतहट ।

चन्द्रपुर उप–मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा चन्द्रपुर नगरपालिकाको टिम विजयी भएको छ । घरेलु मैदानमा भएको राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको आईतबार भएको खेलमा चन्द्रपुर नगरपालिकाको टिम भारी गोल बर्षाको साथ बिजयी भएको हो ।

रौतहटको चन्द्रपुर नगरपालिकाले शुन्यका बिरुद्ध ६ गोल गर्दै नुवाकोटको बिदुर नगरपालिकाको फराकिलो अन्तरले हराउदै विजय हात पारेको हो । चन्द्रनिगाहपुर स्थित स्वर्गीय शेर बहादुर दर्लामी स्मृती हातेमालो खेल मैदानमा आईतबार नै दुई खेल भएको हो । पहिलो खेल सिन्धुपाल्चोकको बाहबिसे नगरपालिका र उदयपुरको चौदण्डी नगरपालिका बीच भएको थियो ।

दुबै टिमले ३/३ गोल गरेर खेललाई बराबरीमा रोकेका थिए । खेलको ३१ औ मिनेटमा सिन्धुपाल्चोकको बाहबिसे नगरपालिकाका जर्सी नम्बर ८ की सुष्मा तामाङ्गले एक गोल गरेर खेल लाई अग्रता दिलाएकी थिईन भने जर्सीनम्बर १४ की अनु राईले ४२ औ मिनेटमा अर्को एक गोल गरिन । जर्सी नम्बर १४ की अनुराईले पुन ७६ औ मिनेटमा अर्को एक गोल गरी ३ गोल गर्न सफल भईन ।

उता उदयपुरको चौदण्डी नगरपालिकाको जर्सी नम्बर ४ की रोशनी बोहरा क्षेत्रीले खेलको ७५ औ मिनेटमा आफनो टिमको लागि पहिलो गोल गरिन । जर्सीनम्बर ९ की अनुष्ठा शेर्पाले खेलको ८१औ र ८५ औ मिनेटमा क्रमश एक÷एक गोल गरी खेल लाई बराबरीमा राख्न सफल भएकी हुन । सिन्धुपाल्चोक बाहबिसे नगरपालिकाको जर्सी नम्बर १४ की अनु राईले वमेन अफ दी म्याच बाट पुरस्कृत भईन ।

उता चन्द्रपुर नगरपालिकाको ५ नम्बर जर्सीकी रोजीना श्रेष्ठले खेलको ४५ औ मिनेटमा गोल गर्दै टिम लाई अग्रता दिलाईन । त्यसपछि गोल गर्नेमा जर्सी नम्बर १८ की मेनुका आले मगर, जर्सीनम्बर ९ की रजनी ठोकर, जर्सीनम्बर १४ की अस्मिता बैधले दुई गोलर जर्सीनम्बर १७ की मेनुका नगरकोटीले एक गोल गरी खेल अबधि भर शुन्यका बिरुद्ध ६ गोलले नुवकोटको बिदुर नगरपालिकाका हराउदै चन्द्रपुर नगरपालिका बिजयी भएको हो ।

प्रतिक्रिया दिनुहोस्