पर्यटकीय गन्तव्यको प्रचारमा ध्यान देऊ



शहरको धूलो, धुवाँ, हलचल र अव्यवस्थित जीवनका बीचबाट निकालेको समय निकै रमाइलो र फलदायी हुन्छ। घरपरिवार, आमाबुबा, बच्चाबच्ची, साथीभाइ सबै सँगै पृथक ठाउँहरूको अवलोकन गर्दा उत्तिकै मजा आउँछ।

नेपाल पर्यटकीय हिसाबले प्रचूर सम्भवना बोकेको मुलुक हो। नेपालले सन् २०२० मा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ।

विभिन्न पर्यटकीय स्थलमध्ये बागलुङ र रुकुमको सिमानामा पनि पर्यटकलाई लोभ्याउने प्रशस्तै पर्यटकीय स्थल छन्। त्यस्ता ठाउँहरूको प्रचारप्रसारको अभाव र पर्यटकहरू आउनका लागि उचित वातावरण सिर्जना नहुँदा ओझेलमा परिरहेका छन्।

तर, सरकारले यस्ता ठाउँको प्रवद्र्धन गर्नको लागि खाली भ्रमण वर्ष मात्रै तोकेर पुग्दैन। यस्ता ठाउँको प्रचार, भौतिक पूर्वाधार निर्माण, अनेक प्रकारका सुविधामा सरकारको ध्यान जान जरुरी छ।

नेपालमा यस्ता ठाउँहरू त गणना गर्न नसकिने नै छन्। विदेशीहरूले कृत्रिम झरना, हिमाल र यस्ता गाउँबस्तीहरू निर्माण गरी आफ्नो देशमा पर्यटक आकर्षित गर्छन्।

नेपालमा प्रकृतिले दिएको यति धैरै कहिल्यै हेरेर नसकिने अग्ला हिमाल, पर्वत, झरना, प्राकृतिक तथा सांस्कृतिक सम्पदा, ऐतिहासिक महत्वका मठ, मन्दिर, गुम्बा, वन जंगल, गाउँबस्ती हुँदाहुँदै पनि यथोचित उपयोग र पर्यटकीय स्थानहरूको विकास तथा प्रवद्र्धनका लागि स्पष्ट खाका नहुँदा आर्थिक विकासको एउटा महत्वपूर्ण पाटो पर्यटन व्यवसाय ओझेलमा परेको छ।

त्यसैले पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर स्पष्ट खाका निर्माण गरी कार्यान्वयनमा लैजाने हो भने नेपालमा पर्यटन व्यवसाय उल्लेखनीय हुने पक्का छ।

– रामहरि उपाध्याय,
बल्खु, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्