छानबिनपछि गृहयुद्धमा वेपत्ता नागरिकलाई प्रमाणपत्र दिइने



कोलम्बो । मुलुकको गृहयुद्धमा जीवन गुमाएका हजारौं व्यक्तिको मृत्यु प्रमाणपत्र प्रमाणिकरणपछि मात्र दिइने राष्ट्रपति गोताबाय राजापाक्षले बताउनुभएको छ । उहाँले यसै हप्ता युद्धमा वेपत्ता सबै जनाको मृत्यु भएको बताउनुभएको थियो ।

राष्ट्रपति गोताबाया राजपाक्षेले एक विज्ञप्तिमार्फत् हराएकाहरू वास्तवमा युद्धमा मारिएका बताउनु भएको थियो । तर यसले पिडित परिवार र आफन्तलाई सरकारले वेपत्ता प्रियजनलाई के भयो भनेर सम्बोधन नगरी मुद्दा बन्द गर्न लागेको भनी चिन्तित बनाएका समाचारपछि राजपाक्षेको यो भनाइ आएको हो ।

“आवश्यक अनुसन्धान गरिसकेपछि राज्यले मृत्यु प्रमाण पत्र जारी गर्नेछ र परिवारलाई उनीहरूको भविष्यलाई यथासम्भव सहज बनाउन आवश्यक सहयोग पु¥याउने कदम चाल्नेछ,” राजापाक्षेको कार्यालयले जनाएको छ ।

श्रीलङ्कामा लामो पृथकतावादी युद्धमा हजारौं मानिस हराएको सम्भावनालाई श्रीलङ्काको राष्ट्रपतिस्तरबाट पहिलो पटक स्वीकारिएको हो । सन् २००९ मा युद्ध अन्त्य भएको घोषणा गरिएको थियो तर युद्धमा कति मारिएका थिए र कति वेपत्ता थिए भन्नेबारे राष्ट्रपतिद्वारा यसअघि उल्लेख गरिएको थिएन तर शुक्रबार सार्वजनिक तथ्याङ्कमा हराएका भनी राज्यमा दर्ता गरिएका व्यक्तिको सङ्ख्या २३ हजार ५०० देखाइएको छ । तिमध्ये पाँच हजार सुरक्षाकर्मी रहेका थिए ।

राष्ट्रपति राजापाक्ष र श्रीलङ्काका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगरबीचको छलफलपछि राष्ट्रपतिको कार्यालयले वेपत्ताको सूचिमा रहेका अधिकांश नागरिक लिबरेशन टाइगर्स अफ तमिल इलम ९एलटीटीई० ले भर्ती गरेका लडाकू रहेको उल्लेख गरिएको छ  ।

प्रतिक्रिया दिनुहोस्