विप्लव समूहका दुई कार्यकर्ता पक्राउ



न्युज अफ नेपाल, गोरखा ।

नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका दुइ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गण्डकी गाउँपालिका ७ घ्याल्चोकका बिष्णु प्रसाद रिजाल र शहिद लखन गाउँपालिका ४ ताक्लुङका रोहित प्रसाद पन्त रहेको प्रहरीले जनाएको छ । उनीहरु गोरखा नगरपालिका वडा नम्वर १० बिरेन्चोकबाट पक्राउ परेका हुन् ।

रिजाल विप्लव समूहका पूर्व जिल्ला जनपरिषद प्रमुख र पन्त किसान संघका पूर्व अध्यक्ष रहेको प्रहरीले बताएको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्