सेनाको निःशुल्क स्वास्थ्य शिविरमा ४१५ नागरिकको उपचार



विमल विष्ट, डोटी ।

डोटी जिल्लामा रहेको नेपाली सेनाको रुद्रध्वज गणले यहाँको केआइसिंह गाउँपालिका वाइलमा शनिवार सञ्चालन गरेको एक दिने निःशुल्क स्वास्थ्य सिबिरबाट ४१५ जना नागरिकले उपचार सेवा पाएका छन् ।

उक्त निःशुल्क स्वास्थ्य सिबिरबाट २७७ महिला तथा १३८ जना पूरुषहरुले निःशुल्क उपचार सेवा पाएको सो गणका गणपती तथा प्रमुख सेनानी रत्नकेशर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य सेवाको पहुँचबाट टाढा भएका नागरिकलाइ सहज रुपमा उपचार पाउन भन्ने उदेश्यले हामीले निःशुल्क स्वास्थ्य सिबिर सञ्चालन गरेका थियौँ,जसमा ठूलो संङ्ख्यामा स्थानीय नागरिकले उपचार सेवा पाएका छन् ।”

उक्त सिबिरमा शिबिरमा ९ जनालाइ कानसुन्ने उपकरण बितरण, निःशुल्क स्वास्थ्य परिक्षण, औषधि बितरण, भिडिओ एक्सरे, गर्भबती परिक्षण तथा, स्त्री रोग तथा दन्त परिक्षण समेत गरिएको रुद्रध्वज गण सिलगढी डोटीले जनाएको छ । सिबिरमा सबैभन्दा बढी कान, छाला, ढाडदुख्ने तथा रुघाखोकीका बिरामीको संङ्ख्या अधिक रहेको उपचारमा संलग्न नेपाली सेनाको सुदूरपश्चिम पृतना जिओपिडी शाखाका प्राबिधिक उप सेनानी डा.यमुना थापाले बताउनुभयो ।

आफ्नै घर आगनमा विशेषज्ञ सेवा उपलब्ध हुँदा जनताहरु निकै खुसी भएको केआइसिंह गाउँपालिका प्रमुख लोकेन्द्रबहादुर शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनताले घरैमा निःशुल्क स्वास्थ्य सेवा पाएका छन्,यस्ता सिबिरहरु अन्य ग्रामीण वस्तिमापनि विस्तार गर्नु जरुरी छ ।” केआइसिंह गाउँपालिका तथा दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालको आयोजनामा सेनाले उक्त एक दिने निःशुल्क स्वास्थ्य सिबिरको आयोजना गरेको हो ।

उक्त सिबिरमा बालरोग विशेषज्ञ डा.ललित सुरी, फिजिसिएन विशेषज्ञ डा.उत्तम भट्ट, स्त्रीरोग विशेषज्ञ डा.दुर्गा मर्हजन, नेपाली सेनाको नं २५ फिए अस्पतालका प्राबिधिक उपसेनानी डा. बबिता सिलवाल तथा सुदूरपश्चिम पृतना जिओपिडी शाखाका प्राबिधिक उप सेनानी डा.यमुना थापाले बिरामीको चेकजाच गर्नुका साथै उपचार गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्