सालको काठसहित गाडी नियन्त्रणमा



हेटौंडा, (नेस) ।

हेटांैडा–१६, लक्ष्मीपुरस्थित शिवम् सिमेन्ट फ्याक्ट्रीनजिक सुकौराबाट हेटौंडा बजारतर्फ ल्याइँदै गरेको अवैध काठसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी हटियाबाट प्रसनि यज्ञप्रसाद अधिकारीको कमाण्डमा खटिएको टोलीले ना. ५ च २८९५ नम्बर जिपबाट सालको काठ ५६ क्युफिट, गाडी र चालक हेटौंडा–१८ बस्ने वर्ष २४ का युवराज साह र हेटौंडा–१८ कै वर्ष ३१ का बलराम पण्डितलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन बन कार्यालय हेटौंडामा पठाइएको छ ।

उक्त काठको बजार मूल्य करिब २ लाख रहेको र पक्राउ परेकालाई बन ऐन, २०७६ अनुसार १ वर्षसम्म कैद र बिगोबमोजिम जरिवानाको कानुनी प्रावधान रहेको प्रहरीले जनाएको छ । प्रहरीले शुक्रबार राति करिब साढे १० बजे उनीहरुलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्