मोरङको सुन्दरहरैंचामा ३ दिने खाद्य मेला सुरु



न्युज अफ नेपाल, मोरङ ।

मोरङको सुन्दरहरैंचा स्थित इन्द्रपुर जेसिज मङ्गल स्मृति प्रतिष्ठान सामुदायिक भवनको प्राङ्णमा ३ दिने खाद्य मेलाको आयोजना गरिएको छ । खाद्य मेलाको उद्घघाटन प्रदेश १ का भुमि व्यवस्था,कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले गर्नुभयो ।

खाद्य मेलामा जातजाती विशेष खानेकुरा, पोसिलो खानेकुरा, मह, हर्राे ,बर्राे अमला, अलैची, सिस्नु, छुर्पि, अकबरे, माछा, मासुको, परिकार, अचार लगायतका खाद्य प्रदार्थ राखिएको छ । जुम्ला तथा इलामको श्री अन्तु होमस्टे बाट उत्पादित खाद्य प्रदार्थ समेत मेलाको आकर्षण रहेको छ। नेपाली विशेषता झल्कने पोशाखमा केहीको सहभागी भएकोले मेलाको आकर्षण समेत बढेको छ । मेलामा विभिन्न विद्यालयका विद्यार्थीहरुको समेत सहभागिता समेत भएको छ ।

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगर मेलाको मुख्य आयोजक रहेको हो। परम्परागत पोषिलो तथा स्थानीय खाद्य पदार्थहरुको प्रवर्द्धन गरौँ, असल पोषणका लागि खानेबानीमा सुधार गरौँ” भन्ने मुल नाराका साथमा खाद्य मेला आयोजना भएको छ । खाद्य मेलामा करिव ६० वटा स्टल रहेका छन । उपरोक्त स्टलहरुको सहभागिताका लागि निस्शुल्क स्टल तथा प्रवेशको व्यवस्था गरिएको छ । सुन्दरहरैंचामा पहिलो पटक खाद्य मेला २०७६ भएको हो ।

खाद्य मेलामा तुलसी पराजुली, रामा मण्डल, सुनिता कटुवाल, नितिन गजुरेल लगायतका कलाकारहरुको विविध मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम समेत राखिएकोआयोजकले बताएको छ । सुन्दरहरैचामा पहिलो पटक भएको खाद्य मेलाबाट स्थानीयहरु समेत अहिले हर्षित भएका छन ।

प्रतिक्रिया दिनुहोस्