पूर्व राज्यमन्त्री विष्टको निधन



प्युठान, (नेस)।

पूर्व गृहसहायक राज्यमन्त्री टंकबहादुर विष्टको ९७ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि मिर्गौला र सुगर रोगको समस्याबाट पीडित विष्टको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

पञ्चायतकालमा (२०४० देखि २०४३ सम्म) गृहसहायक राज्यमन्त्री रहनुभएका विष्टले सामाजिक क्षेत्रको समग्र विकासमा महत्तवपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

विसं १९८० साल साउन २९ गते जिल्लाको प्युठान नगरपालिका–२ क्वाडीमा जन्मनुभएका विष्ट तत्कालीन समयमा प्युठानबाट तीन पटकसम्म राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित सदस्य, सल्लाहकार सभाको सदस्य, जिल्ला पञ्चायत सभापति, गाउँ पञ्चायतको प्रधानपञ्चसमेत हुनभएको थियो।

जिल्लामा पुराना, त्यागी र इमानदार, समाजसेवी एवं राजनीतिज्ञको छवी बनाउनुभएका विष्ट २०४१ सालमा लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा गृहसहायक राज्यमन्त्री र २०४२ मा निर्माण यातायात सहायक मन्त्रीसमेत हुनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्