भक्तपुरमा छुरा प्रहारबाट एक किशोरको मृत्यु



भक्तपुर, (नेस)।

भक्तपुरमा छुरा प्रहारबाट एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका ७ चोखा बस्ने रोहन सुवाल रहेको प्रहरीले जनाएको छ। भोलाँछेमा छुरा प्रहारबाट घाइते भएका सुवाललाई भक्तपुर अस्पतालमा उपचारका लागि ल्याउने क्रममा बाटोमै मृत्यु भएको अस्पतालले जनाएको छ।

छुरा प्रहार गरी फरार रहेका भक्तपुरमै बस्ने २ जना शंकित किशोरलाई राति नै सिद्धपोखरीनजिक रहेको कान्तिपुर गेस्टहाउसको एक कोठामा लुकी बसेको अवस्थामा नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधानले बताउनुभयो।

नियन्त्रणमा लिईएका दुवैै जनालाई अनुसन्धानका लागि प्रहरी परिसर भक्तपुरमा राखिएको छ। घटनाको क्रममा प्रयोग भएको छुरासमेत प्रहरीले कालोपाटीदेखि झौखेल जाने सडकनजिकको झाडीमा लुकाइ छिपाइ राखिएको अवस्थामा बरामद गरेको प्रहरी उपरीक्षक प्रधानले बताउनुभयो।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूबीच विवाद उत्पन्न भई छुरा प्रहार गरेको खुल्न आएको प्रहरीको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्