रसुवागढी नाका हुँदै नेपाल आउने पर्यटकको चेकजाँच गरिने



नेपाल समाचारपत्र, रसुवा। 

अन्तर्राष्ट्रिय नाका रसुवागढी हुँदै नेपाल प्रवेश गर्ने स्वदेशी तथा विदेशी पर्यटकलार्ई स्वास्थ्य अवस्था बारे चेकजाँच शुरु गर्ने भएको छ।

प्रमुख जिल्ला अधिकारी अर्र्जुन भण्डारीका अनुसार छिमेकी राष्ट्र चीनमा पछिल्लो समयमा महामारीको रुपमा फैलिरहेको मानिसबाट मानिसमा स्वासप्रस्वासको माध्यमबाट सर्नेे कोरोना भाइरस नेपालमा पनि फैलिने सम्भावना भएकाले रसुवागढी नाका हँुदै नेपाल प्रवेश गर्ने स्वदेशी तथा विदेशी पर्यटकलाई गढीमा अवस्थित स्वास्थ्य कार्यालयको हेल्पडेस्कबाट चेकजाँच गरिने भएको छ।

सो हेल्प डेस्कमा आवश्यक स्रोतसाधनसहितको अनुभवी दक्ष जनशक्तिलाई ३ दिनभित्र नै व्यवस्थापन र कार्यान्वयनका लागि जिल्ला अस्पताल धुन्चे र स्वास्थ्य कार्यालयलाई अनुरोध गर्ने गरी जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय भएको प्रजिअ भण्डारीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्