क्रियाशील दलित पत्रकार संघ नेपालको प्रदेश २ को पहिलो भेला सम्पन्न



न्युज अफ नेपाल,महोत्तरी ।

क्रियाशील दलित पत्रकार संघ, नेपालले प्रदेश २ समीति गठन गरेको छ । महोत्तरीको बर्दिबासमा बिहीबार प्रदेश २ का विभिन्न सञ्चारमाध्यममा कार्यरत दलित समुदायका क्रियाशील पत्रकारहरुको भेलाले मणिलाल विश्वकर्माको अध्यक्षतामा १५ सदस्यीय प्रदेश २ समीति गठन गरेको हो ।

नयाँ पत्रिका राष्ट्रिय दैनिकका सिरहा संवाददाता विश्वकर्मा प्रेस संगठन नेपालका केन्द्रीय सदस्य पनि हुन् ।समीतिको उपाध्यक्षमा महेन्द्र सदा (सप्तरी), महासचिवमा सोम दियाली (सर्लाही), सचिवमा आशिष विश्वकर्मा (सिरहा), कोषाध्यक्षमा शान्ता रिमाल (सर्लाही) रहेका छन् ।

समीतिको सदस्यमा रामप्रवेश बैठा (रौतहट), रामएकल महरा (धनुषा), मञ्जित राम (महोत्तरी), आशा तोलाङ्गे (महोत्तरी), उमेश विश्वकर्मा (सर्लाही), सुर्यनारायण विश्वकर्मा (पर्सा), राजनारायण राम (बारा), प्रदीप दास (रौतहट), सञ्जय विश्वकर्मा (सिरहा) रहेका छन ।

संघका केन्द्रीय अध्यक्ष पवित्रा सुनारको प्रमुख आतिथ्यमा समीति गठन भएको हो । भेलामा संघका केन्द्रीय अध्यक्ष पवित्रा सुनारले दलित समुदायका व्यवसायिक पत्रकार एक भएर जातीय छुवाछुतको अन्त्य, शिक्षा, स्वास्थ्य लगायत आधारभूत आवश्यकता सम्बोधनमा गहिरो रिर्पोटिङ गर्ने बताइन् ।

भेलामा प्रदेश २ समीतिका अध्यक्ष मणिलाल विश्वकर्माले दलित समुदायको मुद्दामाथि बहस, छलफल गरेर दलित पत्रकारहरुको व्यवसायिक क्षमता अभिबृद्धि गर्ने बताए ।

भेलामा नेकपाको जिल्ला कमीटि सदस्य तथा अभियान्ता मीन रहपाल, बर्दिबास नगरपालिकाका न्याययिक समीति सदस्य चन्द्र विश्वकर्मा, प्रेस संगठन नेपाल महोत्तरी जिल्ला कमीटि अध्यक्ष राजकरण महतोको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्