राष्ट्रियसभा सदस्यको चुनावमा कर्णालीबाट नेकपाका आचार्य र बिसी विजयी



न्युज अफ नेपाल, सुर्खेत ।

कर्णालीमा राष्ट्रियसभा सदस्यको चुनावमा नेकपाका उम्मेदार मायाप्रसाद आचार्यले ३ हजार ६ सय १८ र सुमित्रा बिसीले ३ हजार ६ सय ८४ मतभार प्राप्त गरी विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेदार डिल्लीराज पाठकले ९ सय ७६ र महिला उम्मेदार गणेश कुमारी बस्नेतले एक हाजर २१६ मतभार प्राप्त गरेका छन्। बिहीबार भएको राष्ट्रियसभा निर्वाचनमा कर्णालीमा ९८.४८ प्रतिशत मत खसेको छ। सुर्खेतका निर्वाचन अधिकृत राजेन्द्रप्रसाद आचार्यका अनुसार कुल १ सय ९८ मतदातामध्ये १ सय ९५ जना मतदाताले मतदान गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्