वन कार्यालयका प्रमुख श्रेष्ठ घुससहित पक्राउ



बुटवल, (नेस)।

रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालयका प्रमुख पुष्पराज श्रेष्ठलाई अख्तियारले घुस रकमसहित पक्राउ गरेको छ ।

कार्यालय प्रमुख श्रेष्ठले सेवाग्राहीलाई काठको सिफारिस गरेवापत ५ हजार रुपैयाँ घुस लिएको अवस्थामा नयाँगाउँवाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटेको टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान चलिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्