गाउँपालिका कार्यालयमा आगजनी



विनोदसिंह विष्ट, बैतडी।

बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ। बुधवार बिहान ३ बजे गाउँपालिका–३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो।यस्तै गाउँपालिकाको म १ च ४८८ नम्बरको स्कारपियोमा पनि आजगनी गरिएको छ।

नेकपाका अध्यक्ष सुरेन्द्र पालको उक्त स्कारपियो गाउँपालिकाले भाडामा लिएको थियो । यसका साथै डिलासैनी गाउँपालिका ३ पंसेरामा रहेको नेकपा अध्यक्ष पालको घरका मूलगेटमा प्रेसरकुकर बम पनि फेला परेको छ। पालकै से १ च ४५९ नम्बरको जेसिबिमा पनि आगजनी गरिएको छ।

आगजनी र बम कसले र किन राखिएको भन्नेबारे केही खुल्न नसकेको बैतडीका प्रहरी प्रमुख,प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो।बम निष्क्रिय पार्न हनुमानध्वज गुल्म बैतडीको नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको छ। घटनाको बारे बुझ्न प्रहरी टोली पनि घटनास्थलर्फ गएको छ।

डिलासैनी गाउँपालिका केन्द्रको विषयमा लामो समयदेखि विवाद हँुदैं आएको थियो। राज्य पुनःस्थापना हुँदा डिलासैनी गाउँपालिका ७ मा केन्द्र तोकिएको भए पनि हाल सम्पूर्ण कामकाज वडा नं ३ बाट हँुदैं आएका छन्।

नेकपा अध्यक्ष पालकै घर रहेको पंसेरामा केन्द्र सार्ने चलखेल भएको स्थानीयको आरोप रहेको छ। डिलासैनीमा नेकपाकै अध्यक्षका साथै गाउँकार्यपालिकामा पनि नेकपाकै बहुमत रहेको छ।

प्रतिक्रिया दिनुहोस्