भारतले उछिन्ने



बेइजिङ, (एजेन्सी)।
बढ्दो जनसंख्या बृद्धिलाई गम्भीर चिन्ताको विषयका रूपमा भारतमा बहस भइरहेको छ भने विश्वकै सबैभन्दा धेरै आवादी भएको देश चीनमा अहिले भारतको तुलनामा आधा बच्चा मात्र जन्मिने गरेका छन्।
विगत केही समयदेखि चीनको आवादीमा पनि स्थिरता आइरहेको छ। चीन आर्थिक जगत्मा आफ्नो भिमकाय आवादीको बलमै तिब्र गतिले अगाडी बढेको हो र विश्वमा ग्लोबल म्यानुफ्याक्चरिङको केन्द्र बनेको हो।
चीनले विगतमा जनसंख्या नियन्त्रणका लागि एक सन्तान नीति अपनाएको थियो। यद्यपि मानवसंसाधनमा आएको कमीका कारण। अब चीनमा दुई सन्तान जन्माउन पाउने भएको छ।

प्रतिक्रिया दिनुहोस्