पोखरामा सञ्जीव र टीकाको युगल साँझ



गायक सञ्जीव पराजुली र गायिका टीका प्रसाईं पोखरामा युगल साँझमा प्रस्तुत भएका छन्। अनुपम म्युजिक पोखरा र लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले उनीहरूलाई पोखरामा प्रस्तुत गरेका हुन्।

रातो र चन्द्र सूर्य बोलको गीतबाट गायन कार्यक्रम शुरू गरेका सञ्जीव र टीकाले आफ्ना चर्चित गीतहरू नाइँ मलाई थाहा छैन, माया लुकी लुकी, किन कर्के नजरजस्ता हिट गीत प्रस्तुत गरेर पोखरेली दर्शकलाई उचाले।

यो जोडीले युगल साँझमा सँगसँगैको भाग १ र २ एल्बम पनि सार्वजनिक गरे। सञ्जीवका यसअघि त्यो सपना र सुनय गरी ४ र टीकाका मेलोडीसँगै ३ एल्बम बजारमा आइसकेका छन्।

कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तले नेपाली कला, साहित्य र संगीतका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्नेमा जोड दिए।

अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले अनुपमले एकलरूपमा र विभिन्न संस्थासँग मिलेर सांगीतिक कार्यक्रम गर्दै आएको बताए।

एक दर्जन गीत प्रस्तुत गरिएको कार्यक्रममा किन कर्के नजर बोलको गीतको कभर डान्स प्रतियोगितामा उत्कृष्ट नागी डान्स सेन्टर, इटहरीका कलाकारहरूलाई एक लाख रुपियाँ नगद पुरस्कार प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्