र्यापरले ल्याए फुर्याक फुर्याक



र्यापर टी सुनामी (सृजल खनाल)को नयाँ र्याप गीत फुर्याक फुर्याक सार्वजनिक भएको छ। सुनामीकै शब्द र संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो।

गिरीश खतिवडाको छायांकन र सम्पादन रहेको भिडियोमा हनी बुढाथोकीको मिक्सिङ रहेको छ। भिडियोको निर्माण गिरीशले गरेका हुन् भने उनकै युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको छ।

र्याप गीत परिचयमार्फत स्रोता दर्शकको मन जित्न सफल टी सुनामीको यो दोस्रो र्याप गीत हो। टी सुनामी पोखरामा भएको नेपाल गोल्डेन आइडलका विजेतासमेत हुन्।

प्रतिक्रिया दिनुहोस्