प्रियंका एक सय सफल महिलाको सूचीमा



बलिउड नायिका प्रियंका चोपडाले एकपछि अर्को सफलता बटुलिरहेकी छिन्। बलिउड हँुदै हलिउड फिल्ममा समेत प्रवेश गरेकी उनले करिअरमा कयौं उतारचढाव पार गर्दै अहिले सफलताको मज्जा चाखिरहेकी छिन्।

यही क्रममा उनी दुनियाँको एक सयौं सफल महिलाको सूचीमा परेकी छिन्। वेबसाइट क्रिएट एन्ड कल्टिभेटले जारी गरेको सूचीअनुसार उनी मनोरञ्जन विधाका एक सय सफलमहिलामा सामेल छिन्।

उक्त वेबसाइटले फेसन, संगीत, स्वास्थ्यलगायत विभिन्न विधाको सय सफल महिलाको सूची सार्वजनिक गरेको थियो।आफ्नो नाम एक सय सफल महिलाको सूचीमा समावेश भएपछि उनले एक ट्वीटमार्फत धन्यवाद व्यक्त गरेकी छिन्।

केही समयअघि पनि फोब्र्स पत्रिकाले उनलाई एक सय सफल सेलिब्रेटी महिलामा समेल गरेको थियो।

प्रतिक्रिया दिनुहोस्