विप्लवका कार्यकर्ता बमसहित पक्राउ



न्युज अफ नेपाल, संखुवासभा । संखुवासभाबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता बमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा संखुवासभाको सभापोखरीबाट रेडबुलको बट्टा र प्रेसर कुकरमा बनाइएको बमसहित मादी नगरपालिका–५ मूलखर्कका सोमबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।
उनको साथबाट एक क्वायल कालोतार, प्लाष्टिकले मोडिएको बम, ३३ नम्बरको डेटोनेटर नौ थान, सकेट बम एक थान, रातो सेफ्टीफ्यूज दुई इन्च र अन्य बन्दोबस्तीका सामग्री फेला पारेको प्रहरीले जनाएको छ । उनको साथबाट फेला परेका सबै प्रकारका बम सेनाको खाँदबारीमा रहेको बराहदल गुल्मका सहसेनानी टङ्क कुँवरको टोलीले डिस्पोज गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्