नेकपाका क्रियाशिल एक युवाले गरे पार्टी परित्याग



सरस्वती न्यौपाने, रसुवा ।

जिल्ला खेलकुद विकास समिति रसुवाका अध्यक्ष पदमा सहमति नभई नियुक्त गरेको आक्रोेसमा नेकपा रसुवाका क्रियाशिल एक युवाले पार्टी परित्याग गरेका छन् । बागमती प्रदेश खेलकुद विकास समिति अन्र्तगत रहेको समितिमा दावा तामाङलाई चयन गरेपछि सहमति विपरित अध्यक्ष नियुक्ति गरेको भन्दै पुर्व अध्यक्ष तेम्पासिंगी तामाङसहित ५० जना कार्यकर्ताले बुधबार प्रेस विज्ञप्ती जारि गर्दै पाटी परित्याग गरेका हुन् ।

पूर्व अध्यक्ष तामाङले भन्नुभयो- ‘मलाई नै अध्यक्षतामा पुर्नबाहाली गर्ने सहमति भएको थियो तर अन्तिममा दावा तामाङ लाई चयन गरेपछि प्रेश विज्ञप्ती मार्फत पार्टी परित्याग गरेको हो ।’ २०६५ सालमा युवा संघको अध्यक्ष २०६७ सालमा युवा संघ नेपालको केन्द्रिय सदस्य तथा युवा संघ नेपालको पश्चिम बाग्मती सचिव भएका उनि २०७२ साउन १२ गते जिल्ला खेलकुद विकास समिति रसुवाको अध्यक्ष भएका थिए ।

पूर्व अध्यक्ष तामाङले माग सुनुवाइ नभए धुन्चेमा आन्दोलन गर्ने चेतावनी दिदै विगत २० वर्षदेखि राजनितिमा समालि सकेपछि अध्यक्षहरुमध्ये रसुवामा खेलकुदमा राम्रो हुनुपर्छ भनि काम गर्दा पाटीले अन्याय गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्