नायव सुब्बा र लेखापढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं मालपोत कार्यालय साँखुका नायव सुब्बा र लेखापढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं मालपोत कार्यालय साँखुका नायव सुब्बा रामेश्वर कुइँकेल र लेखापढी व्यवसायी श्रीराम सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो। नासु कुइकेल र लेखापढी व्यवसायी सापकोटाले दृष्टि बन्दकको लिखत पास गरे बापत घुस लिइरहेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएरको थियो ।

अनुसन्धानको क्रममा दोषी देखिएपछि दुवै जनालाई भ्र्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम ५५ हजार रुपैयाँ बिगो कायम हुनेगरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

प्रतिक्रिया दिनुहोस्