न्युज अफ नेपाल, झापा ।
झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पताल परिसरबाट मोटरसाइकल चोरी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–१३ चारआली बस्ने २० वर्षीय विनोद तामाङ मे११प २२७३ नंको मोटरसाइकल चोरेर भाग्दै गर्दा पक्राउ परेका हुन् ।
दिउँसो १२ः४० मा मोटरसाइकल चोरेर भाग्दै गर्दा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले स्थानीयको सहयोगमा उनलाई नियन्त्रणमा लिएको हाे । उनलाई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।