सांसद दीपक मनाङे विरुद्ध मुद्दा दर्ता



न्युज अफ नेपाल, पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा)का कास्की जिल्ला अध्यक्ष मिलन गुरुङले गण्डकी प्रदेशका सांसद दीपक मनाङे विरुद्ध मुद्दा दर्ता गराएका छन् । बुधबार दिउँसो ४ बजेतिर उनले जिल्ला प्रहरी कार्यालय कास्कीमा मनाङे विरुद्ध जाहेरी दर्ता गरेको बताएका छन् ।

सांसद मनाङले पनि बुधबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर घटनाबारे स्पष्टीकरण दिएका थिए । स्पष्टीकरणमा मनाङेले एन्फा कास्कीका अध्यक्षलाई खेलको नाममा भ्रष्टाचार गरेको आरोप पनि लगाएका छन् । बजेट पनि अहिले निकासा नभएको, आफ्नै खल्तीबाट ५/६ दिन अगाडिको होटलको पैसा तिर्नुपरेको आदिजस्ता कुराहरु स्पष्टिकरणमार्फत् बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्