प्रदेश ५मा १९ प्रतिशत बालबालिकामा कुपोषण



यमलाल भुसाल,बुटवल ।

रुपन्देही ,कपिलबस्तु र नबलपरासीका स्थानीय निकायका मेयर, अध्यक्ष, पालिकाका स्वास्थ्य संयोजक सामाजिक बिकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयका प्रतिनिधिलाई जलवायु परिर्वतन तथा स्वास्थ्यमा पर्ने प्रभाव सम्बन्धी एक दिने पैरवी कार्यक्रम गरिएको छ ।

राष्ट्रिय स्वास्थ्य तालिमकेन्द्र काठमाडौँको आयोजना तथा प्रदेश तालिम केन्द्र प्रदेश नं ५को समन्वयमा जलवायु परिर्वतन तथा स्वास्थ्यमा पर्ने प्रभाव सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न भएको हो । तालिममा जलवायु बिज्ञ डा. यादव प्रसाद जोशीले जलवायु परिर्वतन तथा स्वास्थ्यमा परेको असरबारे जानकारी दिनु भयो ।

तीन जिल्लाका १४ पालिका र सामाजिक बिकास मन्त्रालय स्वास्थ्य तालिम केन्द्रका प्रतिनिधि सहभागि कार्यक्रममा डा जोसीले जलवायु परिर्वतन न्युनिकरण गर्न स्थानीय निकायको महत्वपुर्ण भुमिका रहने बताउनु भयो ।

स्थानियले सरकारले नीति नियम बनाउने र कार्यान्वयनमा सहजता ल्याउनको लागी यो पैरवी कार्यक्रम गरिएको बताउनु भयो । डा. जोसीले जलवायु परिर्वतन ले स्वास्थ्यमा ठुलो असर परेको बताउदै यसको प्रभाबले कुपोषण सरुवा रोग झाडा पखाला टाईफाईड जस्ता रोग बढदै गएको बताउनु भयो ।

डा जोसीले प्रदेश ५मा कुपोषण १९ प्रतिशत रहेको र त्यो सबैभन्दा बढी कपिलबस्तुमा ४ हजार वालवालिकामा रहेको बताउनु भयो । उहाँले जलवायुको असर खानेपानी, कृषि भौतिक पुर्वाधार सबै क्षेत्रमा परेको र यसलाई न्युनिकरण गर्ने स्थानिय सरकारको महत्वपुर्ण भुमिका रहने बताउनु भयो ।

तालिममा स्वास्थ्य तालिम केन्द्र प्रदेश ५का निर्देशक महेश्वर श्रेष्ठले स्थानिय सरकारकोे जलबायु परिर्वतन न्युनिकरण गर्न महत्वपुर्ण भुमिका रहने बताउनु भयो । नीति निमार्ण र कार्यान्वयन गर्ने स्थानीय सरकार भएकोले आफुले बनाएको नीति कसरी कार्यान्वयन गर्दा स्वास्थ्यमा कुपोषण सरुवा रोग झाडा पखाला टाईफाईड जस्ता रोगवाट बच्च सकिन्छ भन्ने तरिकाले काम अघि बढाउनु पर्नेमा स्वास्थ्य तालिम केन्द्र प्रदेश ५का वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत भुबन कुँबरले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्