वृद्धवृद्धा र विद्यार्थीलाई रोट्रयाक्टको सहयोग



लमजुङ, (नेस)।

रोट्रयाक्ट क्लव अफ लमजुङले आश्रमका रहेका वृद्धवृद्धा र विद्यार्थीलाई सहयोग गरेको छ। राईनास नगरपालिका वडा नम्बर ८ मा रहेको सर्बोदय सेवा आश्रममा रहेका वृद्धवृद्धालाई क्लबले तातो र चिसो पानीसहितको सुविधा मिल्ने फिल्टर वितरण गरेको हो।

रोट्रयाक्ट क्लव अफ लमजुङले रोटरी क्लब अफ धुलिखेलको सहयोगमा आश्रममा सहयोग गरिएको हो। आश्रमलाई ४ हजार ५ सय रुपैयाँ बराबरको सामाग्री वितरण गरिएको क्लबले जाएको छ।

यस्तै, मस्र्याङदी गाउँपालिका–३ खुदीमा रहेको विनायक प्राथमिक विद्यालयका एक विद्यार्थीलाई ८ सय रुपैयाँ बराबरको ट्रयाक सुट वितरण गरिएको क्लबकी अध्यक्ष लक्ष्मी श्रेष्ठका भनाइ छ। उहाँका अनुसार विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्