विप्लव समूहका जिल्ला सेक्रेटरी तामाङ पक्राउ



भक्तपुर, (नेस)।

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समह (नेपाल कम्युनिस्ट पार्टी)का सिन्धुपाल्चोक सेक्रेटरी भुवनसिंह तामाङ भक्तपुरबाट पक्राउ परेका छन्।

तामाङलाई मध्यपुर ठिमी नगरपालिका वडा नं.४ नयाँठिमी स्थित चारदोबाटोबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अपरिचित व्यक्तिले स्थानीय व्यापारीहरूलाई धाक धम्की दिई जबरजस्ती चन्दा असुली गरी हिँडिरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

महनगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी कुमारविक्रम थापाका अनुसार सोधपुछका क्रममा सिन्धुपाल्चोक मेलम्ची ९ का ४४ वर्षीय तामाङ सो समूहका सिन्धुपाल्चोक सेक्रेटरी भएको बुझिन आएको छ।

तामाङलाई महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरमा राखी अभद्र व्यवहार कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको वृत्तका डिएसपी शान्तिराज कोइरालाले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्