हत्या गरी फरार समातिए



काठमाडौं, (नेस)।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी धादिङ बेनीघाट रोराङ गाउँपालिका ७ घर भएका कमल झ्याप्ले,कमल न्यौपाने भन्ने कमल विकलाई गोंगबु गणेशस्थानबाट प्रहरीले पक्राउ गरेको छ।

उच्च अदालत पाटनको २०७२ असार २२ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १० बर्ष कैद सजाय भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

कमलले २०७१ पुस ३० गते काठमाडौं टोखा नगरपालिका–१३ दिपज्योतीस्थित धादिङ तिप्लाङ–९ घर भएका काठमाडौं गोलढुंगा बस्ने युरूङ तामाङको हत्या गरी फरार भएका थिए।

कमललाई आवश्यक कारवाहीका लागि मंगलबार जिल्ला अदालत काठमाडौं बबरमहल पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्