भवनमा आगलागी



मस्को, (एजेन्सी)।

रुसको तोमस्क क्षेत्रको प्रिचुलुमाकी गाउँमा अवस्थित एउटा आवासीय भवनमा भएको भीषण आगलागीमा कम्तीमा एघारजना व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएको छ।

स्थानीय समयानुसार मंगलबार बिहान करिब ७ बजे भएको यस दुर्घटनाका पीडित एघार व्यक्तिको शव निकालिएको आपत्कालीन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

काठले बनेको यस भवनमा अचानक आगलागी हँुदा त्यहाँ रहेका अन्य दुईजना भाग्न सफल भएका थिए। आगलागीको कारण आपराधिक हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्