दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला हुँदै



बुटवल, (नेस)।

तिलोत्तमा नगर क्षेत्रभित्रका टोल विकास संस्था तथा आमा समूहले तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको औद्योगिक व्यापार मेलामा स्वदेशी र स्थानिय उत्पादनलाई स्थान दिन सुझाव दिएका छन्।

तिलोत्तमा उद्योग वाणिज्य संघले ‘तिलोत्तमामा लगानी, समृद्धिको सुनौलो बिहानी’ भन्ने नाराका साथ माघ १० देखि २१ गतेसम्म आयोजना गर्न लागेको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रर्वद्धन महोत्सव २०७६ लाई सफल बनाउन आयोजित छलफल कार्यक्रममा सहभागी टोल विकास संस्था तथा आमा समूहका अध्यक्ष तथा प्रतिनिधिले कन्जुसायी नगर्न आग्रह गरेका छन्।

सबै स्टलमा मूल्यसूचीको व्यवस्था गर्न सके उपभोक्तालाई सहज हुने तथा मेलामा पोलिथिनको प्रयोग नगर्न दुग्ध जन्य पदार्थका स्टललाई सहुलियतसहित प्राथमिकता दिन आग्रह गरेका थिए।

तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी माधवले आमा समूह र टोल विकास संस्थाले दिएका सुझावहरूलाई आत्म साथ गर्दै सोही अनुसारको व्यवस्थापन गरिने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्