प्रदेश सांसदद्वारा एन्फाका अध्यक्षलाई तीन झापड



न्युज अफ नेपाल, पाेखरा । गण्डकी प्रदेशका एक प्रदेश सांसदद्वारा एन्फाका कास्की जिल्ला अध्यक्षलाई तीन झापड हानेका छन् । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे)ले अखिल नेपाल फुटबल संघ (एन्फा)का कास्की अध्यक्ष मिलन गुरुङलाई तीन झापड हानेका हुन् । सोमबारबाट लेखनाथको भण्डारढिकमा सुरु भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाएका उनले प्रतियोगिता उद्घाटन गर्न आएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्वागत गर्ने तयारीमा रहेको बेला झापड हानेका थिए । सांसद मनाङेले भने- ‘तीन झापड हानेको हुँ । अब बुद्धि आउला ।’

गाउँबाट बोलाएर‘ मनाङबाट आएको सात दिन भयो । आफैँले पालेर राखिदिएको छु । यिनीहरुले अहिलेसम्म ग्राउन्ड दिएका छैनन्, गाडी दिएका छैनन् । यिनीहरुले के गरेको ? कहाँ सुत्ने केही थाहा छैन, अब हाम्रो मनाङको गेम त यहाँको कास्की र हेम्जाको जस्तो त होइन नि ।’ मनाङको खेल भोलिबाट हुँदैछ । सांसद मनाङेले मनाङबाट आएका खेलाडीहरुले एक सातादेखि भत्ता दिनुपर्ने माग गरेको र आफूले दिन नसक्ने बताएपछि हातपात भएको एन्फाका कास्कीका अध्यक्ष गुरुङले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्