धमाधम छाउँगोठ भत्काउन थालेपछि हिउँको जोखिममा सुत्केरी



दयाराम पण्डित, बाजुरा ।

गृह मन्त्रालयको आदेश भन्दै प्रहरीले धमाधम छाउँगोठ भत्काउन थालेपछि सुत्केरी तथा महिनावरी भएकी महिलाले थप सास्ती खेप्नुपरेको छ । छाउ घर भत्काएपछि कतिपय महिला दैलोमा सुत्न बाध्य छन् भने कतिपय महिला डोको, त्रिपालमा सुत्न वाध्य छन् । यतिवेला सुदुरका पहाडी जिल्लामा जनप्रतिनीधि तथा प्रहरीको छाउगोठ भत्काउने अभियान निकै चलेको छ भने छाउगोठ तथा छाउपडी घर भत्काउँदा महिलालाई सास्ती पनि उत्तिकै बेहोर्नु परेको गुनासा पनि आउन थालेका छन् ।
बुढिनन्दा नगरपालिका–१० कि हिउजला बोहोरा सुत्केरी भएको १८ दिन भयो । हिउजला सुत्केरी भएको समयदेखि बाजुरामा लगातार हिउपात भइरहेको छ । हिउँपातसँगै चिसो बढेपछि नवजात छोरी र उनलाई सकस भएको छ । हिउजला भन्छिन्– ‘दैनिक नुहाउनु पर्छ, चिसो पानी अर्को सुत्केरी भएपछि अलगै राख्ने प्रचलन छ ।‘ अलगै बस्दा चिसोले बच्चा र आफुलाई सञ्चो नभएको उनले वताईन् । त्यस्तै ब्रमतोलाहिमाली गाँउपालिका ५ धिमगाँउकी रजकला बिक सुत्केरी भएको २१ दिनभयो । उनी र उनको नवजात छोरा १ महिना सम्म गोरु गोठमा बस्ने गरेका छन् । हिमँपातले असाध्यै चिसो छ, गोरु गोठमा बस्नु पर्दा छोरा र आफु बिरामी भएको उनले दुःख ब्यक्त गरिन् । गाँउमा अन्य महिलालाई पनि एक महिना सम्म सुत्केरी भएको समय गोरु गोठमा राख्ने गरेको छन् चिसोले निकै समस्या भएको रजकलाले वताईन् ।


बाजुराको पुर्वोत्तरका चार स्थानिय तह हुम्ला र मुगुका अधिकांश महिलालाई सुत्केरी भएको समयमा १ महिनासम्म गोरु गोठमा राख्ने गरेका छन् । स्वामीकार्तिक गाँउपालिका निमित्त प्रशासकिय अधिकृत कुबेर शाहिले भने छाउपडि भन्दा सुत्केरी भएको बेला छुवाछुत मान्ने प्रचलन रहेको बताउछँन् । एक महिनासम्म चिसो गोरु गोठमा राख्ने गरेको वताँउछन् । यो बर्ष डेढ महिना देखीको हिमँपातले सुत्केरीलाई निकै कष्टकर भएको उनले वताएका छन् ।

एक साता यता बाजुरामा ४सय २२ छाउगोठ भत्काईको जिल्लाप्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानवहादुर रोकायले जानकारी दिनुुभयो । स्थानीय जनप्रतिनीधी, प्रत्रकार र बुद्धीजीवीको रोहवरमा आवस्यक परामर्श गरेर मात्र छाउगोठ भत्काएका छौं यो गेह मन्त्रालयको आदेश हो निरिक्षक रोकायले भन्नुुभयो । छुुवाछुुतमा बिभेद देखिएकोले मानवअधिकारका दृष्टीकोणले सुरक्षित गर्ने हेतुले अभियान सञ्चालन गरेको उहांले भन्नभयो । त्यसैगरी अछाममा पनि २३ सय बढि छाउगोठ भत्काएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएकोछ ।

देशभरी छाउगोठको भत्काउनेको चर्चा चलेको छ । हाम्रो तिर त्यो भन्दापनि सुत्केरीलाई गोरु गोठ राख्ने नियम कडा रहेको हिमाली गाँउपालिकाको रुगिन स्वास्थ्यचौकीमा कार्यरत अनमि प्रेमकला मल्लले वताउनुुभयो । एकमहिनासम्म गोठमा बस्नुपर्ने हुन्छ, चिसोले बिरामी मात्र नभई नवजात शिशुको ज्यान गोठमै जाने गरेको मल्लको भनाई छ । गोठमा बस्नु हुन्न भनेपनि नमान्ने गरेको अनमी मल्लले भन्नुुभयो । लगातारको हिउपातले शुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेशको जनजीवन अस्तब्यस्त बनेको छ । चिसाको कारणले हिमाली भेगका गाँउमा बस्न नसकिने अबस्था भएपछि केही बस्ति बेशितिर झरेको छन् । बझाङ्ग, दार्चुल्लाका उच्च भागमा पनि चिसोले जनजिवन प्रभाबित भएको छ ।

प्रतिक्रिया दिनुहोस्