मस्र्याङ्दी–काठमाडौं प्रसारण लाइनको ५ वटा टावर राख्न बाँकी



काठमाडौं, (नेस)।

मस्र्याङ्दी नदी बेसिनका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन निर्माणाधीन तनहुँको मार्कीचोकबाट काठमाडौंको मातातीर्थसम्मको मस्र्याङ्दी–काठमाडौं २२० केभी डबर सर्किट प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ।

८२ किलोमिटर प्रसारण लाइनमा पर्ने २३१ टावरमध्ये स्थानीयको अवरोधका कारण ५ वटाको मात्रै निर्माण बाँकी छ भने तार ७५ किलोमिटरभन्दा बढी तानिएको छ। धादिङको धुनीबेंसी नगरपालिकाको नौबिसे र पिपलटारमा स्थानीयको अवरोधले क्रमश ः तीन र दुई वटा टावर निर्माण हुन सकेको छैन।

हाल रहेको मस्र्याङ्दी–काठमाडौं १३२ केभी प्रसारण लाइनबाट काठमाडौंमा करिब एक सय मेगावाटभन्दा विद्युत् लैजान सक्दैनौं, राजधानीको लाइफ लाइनको रुपमा निर्माण गरिएको लाइन निर्माणमा आवश्यक सहयोग गर्न प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्