सिप्रदीद्वारा उपहार घोषणा



सिप्रदी टे«डिङ प्रालिले टाटा दशैं वम्पर लक्की ड्रको उपहार घोषणा गरेको छ। टाटा मोटर्स् नेपालको लागि आधिकारिक बिक्रेता सिप्रदी टे«डिङ प्रालिद्वारा दशैं वम्पर लक्की ड्र को उपहार घोषणाको कार्यक्रम आयोजना गरेको थियो।

बुटवल, हेटौंडा, इटहरी, नेपालगन्ज तथा पोखरामा लक्की ड्र कार्यक्रमपछि काठमाडौंमा कार्यक्रम गरिएको थियो। कुल १७३२ जना ग्राहकले उक्त लक्की ड्रमा सहभागिता जनाएका थिए।

जसमध्ये ७६ जना ग्राहकले विभिन्न उपहार तथा विदेश भ्रमणको अवसर प्राप्त गर्नुभएको छ। कुल विजेतामध्ये १३ जना ग्राहकले एलजीको ३१० लिटर क्षमताको डबल डोर फ्रिज, १३ जनाले एलजीको ८ किलो क्षमताको वासिङ मेसिन, १३ जनाले सामसुङको नोट टेन, १५ जनाले दुबई टुर, १५ जनाले सोनीको ५५ इन्च फोर के इन्टरनेट टिभी र ७ जोडीले क्रुजमा घुम्ने अवसर प्राप्त गर्नुभएको छ।

४५ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको टाटा मोटर्स लिमिटेड कार, युटिलिटी गाडीहरू, बस, ट्रक र डिफेन्स गाडीहरू उत्पादन गर्ने विश्वकै अग्रणी अटोमोबाइल कम्पनी हो।

प्रतिक्रिया दिनुहोस्