बैंक तथा वित्तीय संस्था परिसंघमा तिवारी



काठमाडौं, (नेस)।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको महानिर्देशकमा गोपाल तिवारी नियुक्त हुनुभएको छ। वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरूको छाता संगठनका रूपमा रहेको परिसंघ नेपालको कार्यसमितिको बैठकले तिवारीलाई चार वर्षका लागि महानिर्देशकमा नियुक्त गरेको हो।

नेपालस्थित अन्तर्राष्ट्रिय वित्त निगम तथा विश्व बैंक जस्ता संस्थामा काम गरिसक्नुभएका तिवारीसँग विभिन्न वैदेशिक दातृ निकाय, सार्वजनिक एवम् निजी क्षेत्र र सञ्चार क्षेत्रको लामो अनुभव छ। तिवारी नेपाल आर्थिक संघको २९औं वार्षिक साधारण सभाबाट महासचिवमा निर्वाचित हुनुभएको छ।

प्रतिक्रिया दिनुहोस्