ह्यारीको सम्बोधन



लन्डन, (एजेन्सी)।

पूर्वबेलायती राजकुमार तथा ड्युक अफ ससेक्स ह्यारीले बेलायती राजपरिवारको सदस्यका रूपमा पछि हट्नुबाहेक आफूसँग अन्य कुनै विकल्प नभएको बताएका छन्।

आइतबार बेलुका आयोजित एक कार्यक्रममा बोल्ने क्रममा उनले आफू र मेगन अन्त कतै जान नलागेको पनि स्पष्ट पारेका छन्। राजपरिवारको जिम्मेवारी छाड्ने घोषणा गरेपछिको ह्यारीको यो पहिलो सार्वजनिक सम्बोधन हो।

यसै महिनाको शुरुमा राजकुमार ह्यारी र मेगनले राजपरिवारको वरिष्ठ सदस्यको पद त्याग्ने र आर्थिक रुपमा स्वतन्त्र हुने घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्