सिटिजन्स बैंकका ४ नयाँ शाखा सञ्चालन



सिटिजन्स बैंक इन्टरनेसनलले चार वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले चितवनको टाँडी, लमजुङको भोटेओडार, कपिलवस्तुको जितपुर तथा नुवाकोटको देवीघाट शाखा सञ्चालनमा ल्याएको हो।

उक्त शाखाहरूको शुभारम्भ समारोहमा स्थानीय निकायका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाकोे उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्