बक्सिङ प्रतिस्पर्धामा नेपाल सशस्त्र प्रहरी बल क्लबटिम विजेता



न्युज अफ नेपाल, ललितपुर ।
तेस्रो वीर गणेशमान खुला किक बक्सिङ प्रतिस्पर्धामा नेपाल सशस्त्र प्रहरी बल क्लबटिम विजेता बन्न सफल भएको छ । नेपाल एपिएफ क्लबले ५ स्वर्ण, ४ रजत र २ कास्य सहित टिम विजेता बनेको हो ।
तीन स्वर्ण हात पारेको अर्काे विभागिय टिम त्रिभुवनआर्मी क्लबभने उपविजेतामै सिमित हुन पुगेको छ ।
माघ २ देखि ४ गतेसम्म तीनदिनसम्म ललितपुरको गोदावरी नपा–११, स्थित प्याङगाउँ चौरमा उक्त प्रतिस्पर्धा भएको थियो ।
प्रतिस्पर्धामा उत्कृष्ट खेलाडि पुरुषतर्फ आर्मी क्लबका राजेश चौधरी, महिलातर्फ नेपालपुलिस क्लबकी रिता ठकुल्ला उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
ललितपुर किक बक्सिङ संघले आयोजनामा भएको उक्त प्रतिस्पर्धामा टिम विजेताले एक लाख र उपविजेताले ५० हजार रुपियाँ पुरस्कार समेत हातपारेको छ।
त्यस्तै उत्कृष्ट खेलाडी पुरुष र महिला दुबै खेलाडीलाई २५÷२५ हजार रुपियाँ पुरस्कार राशी प्रदानगरिएको छ ।
प्रथम हुन सफल खेलाडीलाई ३० हजार, द्धितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई आठ हजार पुरस्कार राशी दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस्