कुटपीट गरि श्रीमतीको हत्या गर्ने कारागार चलान



न्युज अफ नेपाल, प्यूठान ।

प्यूठान जिल्लाको नौबहिनी गाउँपालिका १ स्याउलिवाङमा एक पुरुषले कुटपिट गरी आफ्नै श्रीमतीको हत्या गरेका छन ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्कीले बताए अनुसार स्थानीय ५५ वर्षिय मनप्रसाद सेरचनले आफ्नी श्रीमती ५४ वर्षिय निलमणी सेरचनलाई कुटपिट गरी हत्या गरेका हुन । एक महिना अगाडि गत ६ पुसमा मनप्रसादले श्रीमतीको हत्या गरेको र सोही दिन उनलाई पक्राउ गरिएको कार्किले बताउनुभयो ।

जिल्ला प्रहरीले आवश्यक अनुसन्धान पश्चात जिल्ला अदालतको आदेश अनुसार उनलाई पुर्पक्षको लागि गत २ माघमा कारागार चलान गरिएको बताएको हो ।

प्रतिक्रिया दिनुहोस्