विद्युत् प्रसारण लाइन उद्घाटनमा झडप, गोली चल्यो



काठमाडौं, (नेस)।

सोलुखुम्बुलाई राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोड्न खोज्दा प्रहरी र स्थानीयबीच झडप भएको छ। शनिबार आयोजित कार्यक्रममा भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र र अश्रुग्यास प्रहार गर्दा केही स्थानीय घाइतेसमेत भएका छन्।

कार्यक्रममा सहभागी हुन सदरमुकाम सल्लेरीबाट गएको टोलीलाई तिङ्लाबासीले अवरोध गर्दै ढुंगामुडा गरेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ।

मुख्य प्रभावित क्षेत्रलाई वेवास्ता गर्दै पत्तालेमा राष्ट्रिय प्रसारण लाइनको उद्घाटन गर्न लागेको भन्दै तिङ्लाबासीले विरोध गर्दै तिङ्ला बन्दको घोषणा गरेका थिए।

झडपमा केही प्रर्दशनकारी र प्रहरी घाइते भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बन्दकर्ताले १६ वटा मोटरसाइकल र एउटा जीपमा आगजनीसमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्