लगातार बर्षा हुदाँ बाख्रा पाल्ने किसान प्रभावित



कृष्णप्रसाद अधिकारी, दैलेख ।

दैलेखमा लगातार विहीबारबाट वर्षा भइरहेको बर्षा सँगै दैलेखका विभिन्न भागमा हिमपात भइरहेकोले दैलेखका विभिन्न ठाउँमा बाख्रा पाल्ने किसानको किसानहरुको जनजिवन प्रभावित भएको छ । बर्षा भएसँगै किसानले पालेका बाख्रा तथा गाई बस्तु समेत गोठमा थुनेर राख्नुपर्ने बाध्यता भएको छ ।

लगातार बर्षा भइरहेको बस्तुभाउ फुकाएर चराउन नपाएको र गाइ भैसी तथा बाख्रालाई घाँस काटेर हाल्न समेत नसीएको भगवतिमाई गाउँपालिकाका धेरै स्थानियले गुनासो गरेका छन् ।

गाउँपालिका वडा नं ४ का राम प्रसाद अधिकारी भन्छन् बाहिर लगातार बर्षा भइरहेकोले बाख्रा चराउँनको लागि बाहिर लिन सकिएको छैन् बारिमा भएको घास यस अघिका वर्षातको समयमा काटेर सकियो यति बेला घाँस पनि छैना बाख्रा तथा गाई गोरु गोठमा कराएका छन् गाई गोरुलाइ पराल हाले पनि बाख्राको लागि भने समस्या परेको छ ।

यस पटक दैलेखमा ४ पटक बर्षा संगै हिमपात भएको छ दैलेखका धेरै जस्तो स्थानिय तहका केही ठाउँमा बर्षा संगै हिमपात भएको छ । दैलेखमा हिमपात भए संगै सनिबार विदा मिलाई हिउँ खेल्न जाने आन्तरीक तथा बार्य पर्यटकको संमेत बृद्धि भएको छ ।

जिल्लाका महाँबु लेख नौमुलेको कालिका द्धारी भगवतीमाई गाउँपालिकाको मालिका, भैरी, पतिहाल्न, रातापहरा, मेहेल्तोली तथा चौराठा लगाएतका भू–भागमा हिउँ परेको छ । विगतका बर्षमा समयमा बर्षा नहुदा गहु मसुरो केराउँ आलुमा कमिआएको र यस बर्ष समयमनै बर्षा भएको कारण किसानहरु भने खुशी भएको बताउँछन ।

प्रतिक्रिया दिनुहोस्