प्रभु इन्स्योरेन्सका सीईओका कार्यकाल थप



प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्चित बज्राचार्यको कार्यकाल थप भएको छ। सीईओ बज्राचार्यको पहिलो चार वर्षे कार्यकाल पूरा भएपछि कम्पनीको सञ्चालक समितिले पुनः माघ १ गतेदेखि लागू हुने गरी अर्को कार्यकाल थप गर्ने निर्णय गरेको हो।

लामो समयदेखि प्रभु इन्स्योरेन्समा आबद्ध रहेनु भएका बज्रचार्यले नयाँ कार्यकाल चार वर्षको रहेको छ। त्रिभुवन विश्वविद्यालयबाट एमबीए गर्नुभएका उहाँको २५ वर्षको अनुभव रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्