नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आईपीओ जारी गर्ने



नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्न एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। कम्पनीले ८ अर्ब रुपियाँबराबरको ८ करोड कित्ता आईपीओ निष्काशन तयारी गरेको छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तसम्बन्धी सम्झौता—पत्रमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकका नायब महाप्रबन्धक विनयनाथ न्यौपाने र एनआईबीएल एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गर्नुभयो।

उक्त बैंकको अधिकृत पुँजी ४० अर्ब, जारी पुँजी २०अर्ब र चुक्ता पुँजी १२ अर्ब रुपियाँ रहेको छ आईपीओ शेयर निष्काशन गरी बाँडफाँडपछि बैंकको चुक्ता पुँजी २० अर्ब रुपियाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्