विश्वविद्यालयका पदाधिकारी सरकारले चाहेको बेला हटाउन सक्ने प्रावधान गलतः सांसद थापा



न्युज अफ नेपाल, काठमाडौं ।

सांसद गगन थापाले विश्वविद्यालयका पदाधिकारी ५१ प्रतिशतले हटाउने प्रावधानले विश्वविद्यालयको स्वायत्ततामथि प्रहार गर्ने बताउनुभएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिमा केही नेपाल ऐनहरुमाथि संशोधन गर्न चलेको छलफलमा सांसद थापाले यस्तो बताउनुभएको हो । नियुक्त भएका पदाधिकारीलाई सरकार वा मन्त्रालयले दिएको कुनै निर्देशनको पालना नभएको अवस्थामा सरकारले चाहेको बेला हटाउन सक्ने प्रावधानले विश्वविद्यालयको स्वायत्ततामाथि प्रहार गर्ने थापाको भनाई छ ।

थापाले २ तिहाइले मात्रै हटाउन सक्ने संशोधन सहित पारित गराउनुपर्ने बताउँनु भएको थियो । उहाँले सरकारले चाहेको बेलामा हटाउन सक्ने आधार निर्माण गर्नु गलत भएको बताउनुभएको छ । समितिले गरेको निर्णय नमान्ने भन्ने नहुने तर यो कुरा गलत भएको उहाँको भनाई छ । बिहीबार समितिले विश्व विद्यालयको पदाधिकारी हटाउन ५१ प्रतितश हुनुपर्ने प्रावधान राख्दै नेपाल ऐन पारित गरेको थियो ।

समितिमा छलफलका क्रममा दुईतिहाइले मात्रै हटाउन सक्ने प्रावधान राख्न सुझाव आएपनि विश्वविद्यालय र उच्च शिक्षाको छाता ऐन आउने क्रममा भएका कारण तत्काललाई ५१ प्रतिशतले नै हटाउन सक्ने प्रावधान राखिएको समिति सभापति जयपुरी घर्तिले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्