भारतलाई करिब २ लाख केजी रक्तचन्दन फिर्ता गर्दै नेपाल



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल सरकारले पौने २ लाख केजी रक्तचन्दन भारतलाई फिर्ता गर्ने भएको छ ।

पुस २८ गते बसेको मन्त्रिपरिषदको बैठकले परराष्ट्र मन्त्रालयमार्फत भारतका सम्बन्धित अधिकारीलाई विभिन्न ठाउँबाट बरामद भएको १ लाख ७३ हजार ७१ देशमलव ७९२ क्युफिट रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेको हो ।

संकटापन्न वन्यजन्तु तथा वनस्पथतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा ३० को उपदफा ९२० मा संकटापन्न वन्यजन्तु वा वनस्पति वा सोको नमूना जुन मुलुकबाट पैठारी भएको हो सोही मुलुकमा फिर्ता पठाउने व्यवस्था रहेको छ । सोही अनुरुप नेपाल सरकारले एकलाख ७३ हजार एकहत्तर दशमलव सात नौ दुई केजी रक्तचन्दन आफ्नै खर्चमा ९० दिनभित्र उत्पति मुलुक भारत फिर्ता लैजान स्वीकृति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्