पक्राउ पूर्जी जारी गरे लगत्तै बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईं फरार



न्युज अफ नेपाल, काठमाडौं ।

झापा विर्तामोडको बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न जिल्ला अदालत भक्तपुरले अनुमति दिएको छ । २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए ।

उक्त मुद्दाको अनसुन्धान गर्न अदालतले प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । अनुमति पाए लगत्तै प्रहरी प्रसाईंको भक्तपुरस्थित निवासमा पुगेको थियो ।

अदालतले पक्राउ पूर्जी जारी गरे लगत्तै प्रसाईं फरार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्