भारत– मलेसिया विवाद – आर्थिक नोक्सान बेहोर्नु परेपनि गलत विरुद्ध आवाज उठाइरहेने छु : महाथिर



क्वालालम्पुर (एजेन्सी)।

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले जम्मु काश्मिरको विशेष दर्जा समाप्त पारेको र एनआरसी–सीएए मुद्दामा भारतको कडा आलोचना गरेपछि दुई देशबीचको सम्बन्धमा उत्पन्न गतिरोध बढ्दै गइरहेको छ।

यसको जवाफमा भारतले मलेसियाबाट पाम तेलको आयातमा करिब प्रतिबन्द लगाएको अवस्था छ। मलेसियाले भारतको यो नितिलाई लिएर चिन्ता ब्यक्त गरेको छ। साथै प्रधानमन्त्री महाथिर मोहम्मदले पुन एक पटक उनको देशले आर्थिक नोक्सान बेहोर्नु परेपनि गलत कुरा विरुद्ध आवाज उठाइरहेन बताएका छन्।

भारत खाने तेलको सबैभन्दा ठुलो आयातक देश हो। गत हप्ता भारतका ब्यापारीहरले मलेसियाबाट प्रशोधित पाम तेलको आयात प्रभावित हुने गरी रोकेका छन्। इन्डोनेसियापछि मलेशिया विश्वको दोश्रो ठुलो पाम तेल उत्पादक र निर्यातक देश हो।

हालैका दिनमा महाथिरले भारत र साउदी अरेबिया दुबैलाई निसाना बनाएका थिए। जम्मु काश्मिरका विशेष दर्जा भारतले अन्त्य गरेपछि महाथिरले काश्मिरमा हमला गरि भारतले त्यसलाई आफनो कब्जामा लिएको बताउका थिए।

भारतको आयात रोकेपछि मलेसियाको पाम तेल प्रशोधनले ठुलो क्षति ब्यहोर्नु पर्ने अनुमान छ। आफनो सरकार यसलाई लिएर कुनै न कुनै समाधान निकाल्ने महाथिरले बताए।

महाथिरले पत्रकारलाई भने– हामी यसलाई लिएर चिन्तित छौं, किनभने भारत हाम्रो पाम तेलको ठुलो खरिदकर्ता हो। तर अर्को तर्फ यदि कुनै गलत भइरहेको हो भने हामी स्पष्ट रहन आवश्यक हुन्छ। हामी गलतलाई गलत ने भन्छौं।

यदि हामी फाइदालाई हेरेर गलत हुन दिने र केही नबोल्ने हो भने कयों कुरा गलत दिशामा जानेछ। फेरी हामी पनि गलत गर्न शुरू गर्नेछौं र बाँकीलाई पनि हामी सहन्छौं।

आगामी मार्च महिनाका लागि भारतमा पाम तेलको आपुर्ति खस्केर सुन्य दशमलव ९ प्रतिशतमा पुगेको रोयटर्सले जनाएको छ। भारतको सरकारले ब्यापारीहरुलाई अनौपचारिक रुपमा मलेसियाबाट पाम तेल खरिद नगर्न आदेश दिएको थियो। भारतिय ब्यवसायीहरुले अब मलेसियाको सट्टा इन्डोनेसियाबाट प्रति टन १० डलर बडी मुल्यमा पाम तेल खरिद गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्